काठमाडौँ । बुधबार शेयर बजार एकल अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४६ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १० उपसमूहको परिसूचक बढेको छ भने बाँकि तिन उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.६८ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्नेमा बैंक उपसमुहमा रह्यो जसको परिसूचक ०.१० प्रतिशतले घटेको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेर आज ३.४५ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १७५ वटा कम्पनी बढेका छन् भने ६२ वटा कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा डोल्टि पावर कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुधबार सर्वाधिक घट्ने कम्पनीमा मोलुंग हाइड्रोपावर कम्पनी रह्यो जसको शेयरमा ९.७१ प्रतिशतको गिरावट आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !