काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने तथा नयाँ अर्थमन्त्री आउने भएपछि शेयर बजारमा आज हरियाली छाएको छ । सोमबार शेयरबजार खुलेको पहिलो केहि मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको थियो । त्यसपश्चात, शेयर कारोबार २० मिनेटपछि पुनः खुलेको थियो । पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटपछि नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको थियो । तेस्रो सर्किट ब्रेक लागेसँगै शेयरबजार सोमबारको लागि बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै सकारात्मक उछाल व्यहोरेको नेप्से अन्ततः ६ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १२ उपसमूहको परिसूचक बढेका छन् भने बाँकि १ उपसमूहको परिसूचक मात्र घटेको छ । यस दिन सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ७.८६ प्रतिशतले बढेको छ । त्यसै गरि आज एक मात्र घट्ने उपसमुहमा म्युचुवल फन्ड रह्यो जसको परिसूचक ०.१० प्रतिशतले घटेको छ ।
आज तिन पटक सर्किट ब्रेक भएर बन्द भएको शेयर बजारमा जम्मा ३७.५२ करोडको मात्र शेयर किनबेच भएको छ । जसमा २३० वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा रिडी पावर कम्पनी, शिवश्री हाइड्रो, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन, मेञ्छियम हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर १० प्रतिशतले बढेको छ । आइतबार सर्वाधिक घट्ने कम्पनीमा एनएमबि सुलभ इन्वेस्टमेन्ट-२ रह्यो जसको शेयरमा १.९५ प्रतिशतको गिरावट आएको छ । त्यस बाहेक आज घट्ने कम्पनीमा एनआईबिएल समृद्धि फण्ड २, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, ग्लोबल आइएमई लघुवित्त र गणपति लघुवित्त रहेका छन् ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !