काठमाडौँ । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि पुष १९ गते बुक क्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि पुष २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि पुष २६ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे बस्ने गरी बोलाएको हो ।
मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारितका लागि पुष २८ गते सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजे बस्ने गरी सभा बोलाएको हो ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारितका लागि पुष २८ गते लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारितका लागि पुष २८ गते सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारितका लागि पुष २७ गते सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारितका लागि पुष २९ गते सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !