काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलमा रहेको आजियटाको सेयर बिक्री सम्झौताबारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको प्रश्नको एनसेलले जवाफ पठाएको छ ।
आजियटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरि समझदारी गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले मंसिर १५ गते एनसेललाई पत्र पठाएको थियो । उक्त पत्रको जवाफ एनसेलले मंगलबार प्राधिकरणलाई दिएको अध्यक्ष पुरुषोत्तम खनालले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा जानकारी गराएका छन् ।
एनसेलले पठाएको जवाफी पत्रमा दुई पक्षीय सम्झौताका कागजातहरु सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको र उक्त कागजातहरु प्राप्त हुनासाथ प्राधिकरणमा पेस गर्ने उल्लेख गरेको छ ।
यस्तो छ प्राधिकरणलाई एनसेलले पठाएको जवाफी पत्र
यस कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद खरिद बिक्री गर्ने सम्बन्धनमा आजियटा युके र स्पेट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रका सम्बन्ध दूरसञ्चार नियमावलीको २०५४ को नियम १५। १ ९ट० र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ को परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं ।
एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको प्राधिकरणमा अवगत नै छ । अतस् त्यो पत्रमा उल्लेखित नियमावली र विनियामवलीको पूर्णपालना गर्न सदाझैं एनसेल आजियटा प्रतिबद्ध रहेको व्यहोरा सादर अनुरोध गर्दै नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरु संकलन गरि दूरसञ्चार नियमावलीको २०५४ को नियम १५।१ ९ट० र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खेरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा सादर अवगत गराउन चाहन्छौं ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !