काठमाडौँ । राष्ट्रिय सभाको आज बुधबार बसेको बैठकले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पारित गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० सर्वसम्मतिले पारित भएको हो ।
यस्तै बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ टेबुल भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !