काठमाडौ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत २४ गते राम नवमीको विदा दिने नर्णिय सरकारले गरेको हो ।
चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै, बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा बैतडीका दिनेश प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
,
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !