काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तस्वीर जलाउने युवाप्रति नरम अभिव्यक्ति दिएका छन् । उनले आफ्नो तस्वीर जलाउनेलाई प्रहरी लगाएर पक्राउ गर्न नहुने बताएका हुन् ।
शनिबार मकवानपुरमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा राप्रपाका युवा नेता निराजन बमले प्रचण्ड विरुद्ध आक्रोशित अभिव्यक्ति दिँदै उनको फोटो जलाएका थिए ।मकवानपुर प्रहरीको सहयोगमा चितवनबाट आज बमलाई पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमा प्रचण्डले भनेका छन्,‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्,’ ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
यसअघि, बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमारा’ को संज्ञा दिएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !