काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
शनिबार मकवानपुरमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा बोल्दै बमले प्रचण्ड विरुद्ध आक्रोशित अभिव्यक्ति दिँदै उनको फोटो जलाएका थिए ।
यसअघि, बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमारा’ को संज्ञा दिएका थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !