काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि ५ जनाको नाम सर्टलिस्टिङ भएको छ । छनौट समितिले आइतबार १० जनाबाट ५ जनाको नाम सार्वजनिक गरेको हो ।
छनौटमा पर्नेहरुमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पुर्ण प्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्तुतीकरणका लागि छनौट भएका पाँच जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने भएको छ ।
सिइओ बन्न १० जनाले आवेदन पेश गरेका थिए । जसमा पूर्ण प्रसाद आचार्य इलाम, बद्रि प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइटेल सर्लाही, युवराज दाहाल झापा, प्रविण अधिकारी काभ्रेपलाञ्चोकले आवेदन दिएका थिए ।त्यस्तै, चुडामणी चापागाई झापा, बिमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बश्याल पाल्पा, मुकन्द राज जोशी डडेलधुराको आवेदन परेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !