काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पाँचौं संस्करणको श्रम तथा रोजगार सम्मेलनले केही सकरात्मक संकेत देखाएको छ ।गत सोमबारदेखि काठमाडौंको याक एण्ड यति होटलमा सुरु भइ दुई दिनसम्म चलेको सम्मेलनले स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न सरकारले नीतिगत सुधार गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता जनाएपछि सकरात्मक संकेत देखिएको हो ।
समापन समारोहमा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको भन्दै यस्तो अवस्थामा आशाको दियो देखाउन यस वर्षको सम्मेलनले भूमिका खेल्ने विश्वास दिलाए ।उनले भने, ‘मुलुकमा एक प्रकारको निराशाजन्य वातावरण भइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले आशाको दियो देखाउनुपर्ने आवश्यकता छ । विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हामी नै सक्षम छौ, गर्न सक्छौ भन्ने विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन् । नीति कानून सबै छ, यात्रा शुभारम्भ पनि भएको छ तर गन्तव्यमा किन पुगि रहेका छैनौ ? यो प्रश्न एकदमै गम्भीर ।’त्यस्तै उनले सम्मेलनमा आएका सुझाव र गुनासालाई समेटेर आगामी दिनमा अगाडि बढ्ने पनि धारणा राखे ।
त्यस्तै मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले सम्मेलनमा सुझाव र गुनासा धेरै आएको र प्रसस्त छलफल भएको बताए ।‘प्यानलमा पनि प्रसस्त छलफल भयो । प्यानलमा मात्रै लगभग ३८जनाले वक्ताहरुमध्ये कसैले नीतिगत रुपमै पेपर प्रस्तुत गर्नुभएको छ । विभिन्न क्षेत्रबाट कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषय आएका छन्,’ उनले भने ।
उनले अन्तरिक रोजगारीको आधार उद्यमशिलता र उत्पादन प्रणालीसँग जोडिएर आएको आत्मविश्वाससहितको उद्यमशिलतामा आफूहरुको अबको तयारी रहने जानकारी दिए ।उनले भने,‘अब हाम्रो तयारी के छ भने जो व्यक्ति उद्यमशिल छ उसलाई प्राथमिकता दिने रणनीति छ । उसमा आत्माविश्वास चाहीं हुनुपर्छ । त्यो व्यक्तिले केही नौलो कुरा गर्ने साहस पनि राख्नुपर्छ । यी कुरा सँगसँगै आयो भने रोजगारी पक्कै पनि सृजना हुनसक्छ भन्ने कुरा सम्मेलनको मूल थिम थियो । अन्तरिक रोजगारीको आधार उद्यमशिलता र उत्पादन प्रणालीसँग जोडिएर आएको छ ।’
विगतका सम्मेलनहरुमा राखेका गुनासा र सुझावहरु कार्यान्वयन भएन भन्ने निजी र अन्य क्षेत्रहरुबाट गुनासो आउने गर्दथ्यो । यसवर्षको सम्मेलनमा आएको गुनासा र सुझाव भने कार्यान्वयन गर्ने प्रवक्ता घिमिरेले विश्वास दिलाए ।‘हामी एकदमै विश्वस्त छौं । किनकी कार्यान्वयन गर्छौं । तत्परताकासाथ गछौं । हामी जिम्मेवार बन्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ,’उनले भनेयस्तै मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले सरकारी, निजी र श्रमिकको त्रिपक्षीय सहभागीतामा सम्मेलन सम्पन्न गरेको जानकारी दिए । त्रिपक्षीय सामुहिक प्रयत्नबाट आन्तरिक रोजगारी प्रवद्र्धनलाई महत्वपूर्ण विन्दुमा पुर्याउन सकिन्छ भन्ने अविप्राय पूरा भएको महशुस भएको उनको भनाई छ ।उनले भने,‘मुख्य रुपमा अहिले वैदेशिक रोजगारी बाध्यात्मक परिस्थिति हो । त्यसलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउदै आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्नुपर्छ । आन्तरिक उद्योगधन्दाको विकास गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्छ । त्यसैको माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ, गरिवी निवारण गर्न सकिन्छ र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सकिन्छ भन्ने उद्देश्यले हामीले कार्यक्रम गरेका हौं । सरकारी निजी र श्रमिकको त्रिपक्षीय सहभागिता छ । यस्तै साहसी प्रयत्नबाट आन्तरिक रोजगारी प्रवद्र्धनलाई महत्वपूर्ण विन्दुमा पुर्याउन सकिन्छ भन्ने अभिप्राय पूरा भएको छ ।’
विगतका सम्मेलनमा भएका राम्रा कुराहरुलाई यस वर्षको सम्मेलनमा समेटेको र नराम्रा कुराहरुको सुधार गर्ने प्रयत्न गरेको पनि उनले बताए । साथै श्रमिकहरुको कल्याणको विषय, तेस्रो सूचना प्रविधिहरुको प्रयोग गरी सबै श्रमिकहरुको डाटा लिएर व्यवस्थित रुपमा राख्ने, वैदेशिक रोजगारमा निर्भरता कम गर्ने, बाहिर गएका कामदारको सुरक्षा सेवा र फर्किएर आएपछि सीप र पूँजीलाई कसरी उत्पादनशील क्षेत्रका लगाउने ,असल श्रम सम्बन्धको विषयमा छलफल गर्ने प्रयास भएको छ ।
त्यस्तै अर्का सहसचिव प्रदीप कुमार कोइरालाले उद्यमशीलताको विकासमार्फत उत्पादक र उत्पादकत्व कसरी बढाउने, सरकार मात्र रोजगारदाता होइन नीजि क्षेत्रको नेतृत्वमा लगानीको वातावरण सिर्जना गर्ने र लगानीको वातावरणले रोजगारीको सिर्जना गर्छ भन्ने छलफलको पहिलो विषय रहेको जानकारी दिए ।
साथै श्रमीकहरुको कल्याणको विषय, सुचना प्रविधिहरुको प्रयोग गरी सबै श्रमीकहरुको डाटा लिएर व्यवस्थित रुपमा राख्ने, वैदेशिक रोजगारमा निर्भरता कम गर्ने बाहिर गएका कामदारको सुरक्षा ,सेवा र फर्किएर आएपछि सीप र पूँजीलाई कसरी उत्पादनशील क्षेत्रका लगाउने एवम अन्त्यमा असल श्रम सम्बन्धको विषयमा छलफल भएको उनले बताए ।
उनले सम्मेलनको निचोड र उपलब्धीहरुबारे जानकारी दिँदै भने,‘अहिले नेपालबाट वैदेशिक रोजगारमा जानु स्वभाविक हो । हामीसंग रोजगारीको अवसर कम छ । लगानीको वातावरण सिर्जना गरौं, उत्पादन एवम उत्पादकत्व बढायौं भने मात्र वैदेशिक रोजगारको संख्या कम हुन्छ । सम्मेलनको निचोड नै आन्तरिक रोजगारले नै मुलुकलाई समृद्धि दिन्छ । आन्तरिक रोजगार प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्रलाई पनि सँगै सहकार्य गर्नुपर्छ । लगानीको वातावरण सिर्जना भएपछि वैदेशिक रोजगारको न्युनिकरण हुन्छ । सवै मिलेर नेपालमा लगानीको वातावरण बनाऔं । सम्मेलनमा सरकार नबोल्ने तर नीजि क्षेत्र र अन्य सरोकारवालाले बोल्ने नीति लिएको छ । सरकारले सुन्ने भन्ने नीति हो । आगामी दिनमा नीतिगत सुधार गरी कार्यान्वयनमा जोड दिएको छ ।’
यसैगरी ,सुन चाँदी व्यवसायी महासंघका कार्यकारी अध्यक्ष महेन्द्ररत्न शाक्यले ढिलै भएपनि पाँचौ सम्मेलनमा सुनचाँदी व्यवसायीको उद्यमशीलता, उत्पादकत्व र यसको भविष्य निर्धारणको लागि कुरा राख्न पाएकोमा खुसी व्यक्त गरे । औपचारिक रुपमा महासंघले आफ्नो विकासक्रम भेटाउन नसकेको अवस्थामा ढिलै भएपनि सरकारबाट पहलकदमी भएको ठानेको उनले बताए ।‘ढिलै भएपनि सम्मेलनमा सुनचाँदी व्यवसायीको उद्यमशीलता उत्पादकत्व र यसको भविष्य निर्धारणको लागि कुरा राख्न पायौ । कच्चा प्रदार्थमा कोटा सिस्टमले गर्दा अनौपचारिक बजार मौलाएको छ,जुन हाम्रो आदिवासीले सदियौंदेखि चलिआएको पेसा व्यवसाय र्हास भएको अवस्था छ । यसलाई पूर्नजागरण गर्न कानूनी, प्रशासनिक र सरकारमा पनि लगातार आवाज उठाइरहेका छौ । २०६७ सालमा लगाएको कोटाले बजार अनौपचारिक चलेको छ । औपचारिक हिसाबले विकासक्रम भेटाउन सकेको छैन । ढिलै भएपनि सरकारबाट पहलकदमी भएको ठानेका छौ । कोटा सिस्टमले कच्चा पदार्थ पाएका छैनौ । एकाधिकार बजार छ । समग्रमा यो बजार धरासयी छ,’उनले भने ।
त्यसैगरी, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक रमेश कुमार बखतीले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले तालिम प्रदान गरिरहेको भन्दै तालिम र जनशक्तिमा ,सिपमा अन्तर देखिएको बताए ।त्यसलाई पूर्ण गर्न सम्मेलनमा विभिन्न रोजगारदाता संस्थाहरुबिच समझदारी पत्रमा भएको हस्ताक्षरले रोजगारदाताको आवश्यकता श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गरेर आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।सम्मेलनमा सहभागी लोकतान्त्रिक महिला संघकी संयोजक मीनु ठाकुरले श्रम सम्मेलन एकदमै प्रभावकारी लागेको बताइन् । १० वर्षमा १० लाख युवालाई रोजगार दिने कुरा जनताको लागि एकदमै उपयोगी हुने उनी बताउँछिन् ।
उनले भनिन्,‘यस्ता कार्यक्रम भइरहनुपर्छ । १० वर्षमा १० लाख युवालाई रोजगार दिने कुरा हाम्रो लागि एकमदै उपयोगी हो । हाम्रो देशमा रोजगारी भए विदेश किन जानु पर्दथ्यो र ? यहाँपनि थुप्रै अवसरहरु छन् । सरकारले केही गरे देशमा नै केही गर्थौ । महिलाहरुको लागि पनि अवसर मिलोस् । महिलाहरुलाई विदेशको लागि रोक लगाइएको छ । त्यो नहोस् महिलाहरु पनि सक्षम छन् । देश भित्र पनि धेरै काम गर्न सक्छन् ।’नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले निजी क्षेत्रबाट हेर्दा सरकारले गरेको सम्मेलन सान्दर्भिक रहेको बताइन् । राजनीतिक अस्थिरताले एकदमै कठिनाइ भोग्नुपरेको भन्दै अस्थिरता बन्द भयो भने धेरै राम्रो हुने धारणा राखिन् ।
उनले भनिन्,‘सम्मेलन सान्दर्भिक छ । अहिले सीपको खाँचो छ । राजनीतिक अस्थिरताले एकदमै कठिनाई भोग्नुपरेको छ । राजनीतिक परिवर्तनले नीति नियमदेखि सबै परिवर्तन हुन्छ । चार/चार महिनामा डिजी फेरिने, सचिव फेरिने यस्तो अस्थिरता बन्द भयो भने धेरै राम्रो हुन्छ । नीतिहरु कार्यान्वयन फितलो छ । त्यसैले स्थिर सरकार आजको आवश्यक्ता हो ।दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न नीजि क्षेत्र र सरकारबिच रोजगारी सिर्जना गर्नेगरी विभिन्न सम्झौताहरु भएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !