काठमाडौं । नबिल बैंकले पुस १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको छ ।
सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन ।
सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने करसहित ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !