काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू अहिले नै बिदामा नबसेको स्पष्टिकरण दिएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको बैकिङ प्रशिक्षणमा बोल्दै गभर्नर अधिकारीले आफू कार्यालयमा नियमित आएपनि मिडियामा बिदा बसेको समाचार लेखेको भन्दै उक्त स्पष्टिकरण दिएका हुन् । यद्यपि, उनले मिडियाले आफूलाई गरेको सहयोगप्रति सधै सम्मान रहेको बताए ।
उनले भने, ‘मेरो पाँच वर्षको कार्यकालमा धेरै सहयोग पाएको छु । केन्द्रिय बैंकको स्वायतता जोगाउन मिडियाले भुमिका खेलेको छ । तर पछिल्लो समय म बिदामा बसेको समाचार मेरो श्रीमतीले देखेपछि मलाई नै प्रश्न गर्छिन, तपाइ अफिस गइरहनुभएको छ तर मिडियामा बिदा बसेको समाचार आइरहेको छ ।’
तथापि गभर्नर अधिकारीको फोर्स लिभ भएकाले अबको केही दिनमै उनी १० दिन विदामा बसेर फेरी कार्यालय आउने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीको पाँच बर्षे कार्यकाल यहि चैत २५ गते सकिँदैछ । नयाँ गभर्नरका लागि विभिन्न व्यक्तिहरुले दौडधुप समेत शुरु गरिसकेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !