काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । विहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेलमा ४ रुपैयाँ घटाएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।इन्डियन आयल कर्पोरेशनबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।
समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ प्रतिलिटर कायम हुनेछ।
यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम भएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !