काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको आइपिओ भर्ने आज, फागुन २६ गते, अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गते देखि आवेदन खुला गरेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरका रहेका छन् । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यस कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !