काठमाडौ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ विक्रि खुला गरेको छ । आज (फागुन २२ गते) देखि बिक्रि खुला भएको आइपीओ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा पाइनेछ । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यस कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा चैत ७ गतेसम्म म्याद थप हुनेछ । ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !