हेटौँडा । चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ । ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उहाँको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने उनी शनिवार बिहान मृत फेला परेका थिए । घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !