काठमाडौ । नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ । शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !