काठमाडौँ । नेपाल सुपर लिग फुटबल (एनएसएल)मा आज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साँढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १(० ले पराजित भएको चितवन भने पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि सोमबारको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १-० ले हराएको छ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !