काठमाडौ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई वार्तामा आउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ । गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको वार्ता समितिले केही चरणमा वार्ता गरेपनि पछिल्लो समय केवलकार विरोधीहरुसँग वार्ता हुन सकेको छैन ।
समितिले शुक्रबार पुन आन्दोलनरत पक्षलाई वार्तामा बस्न आह्वान गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सास्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउन भनेको छ ।
समितिले माघ २२ गतेदेखि निरन्तर वार्ता गरिरहेको जनाएको छ । यो समिति माघ २० मा गठन भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !