काठमाडौ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले तत्कालका लागि नेपालमा सञ्चालित परियोजना स्थगित भएको बताएको छ । यो सँगै एमसीसी अन्तर्गत सञ्चालित आयोजनाहरु स्थगन भएको छ। एमसीसी कर्पोरेसनको २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको गत जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको अर्थ मन्त्रालयको भनाई छ । अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।
अमेरिकी अनुदान अन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो। अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !