काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । मंगलबार आयोजित २१ औं वार्षिकोत्सव कार्यक्रममा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्यय सहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । आव ०८०/०८१मा टेलिकमले जम्मा आम्दानी ४२ अर्ब ११ करोड बराबर भएपनि ३० अर्ब ८६ करोड सञ्चालन खर्च देखिएको छ । जसअनुसार कर अघिको नाफा ११ अर्ब २५ करोड देखिएको छ भने कर दाखलिा गरेपछिको नाफा ६ अर्ब २३ करोड देखिएको छ ।
टेलिकमले आम्दानीको तुलनामा उल्लेख्य मात्रामा सरकारलाई कर बुझाएको छ । गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । यस्तो रकममा अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिबृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ अर्ब ४ करोड रुपैयाँ तिरेको छ ।टेलिकमले गत वर्ष इजाजतपत्रको नवीकरण गराउनुपर्ने भएकोले एकमुष्ट लाइसेन्स शुल्क १६ अर्ब ९८ करोड रुपैयाँ तिरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !