काठमाडौ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक साँझ ४ बजेपछि बस्ने तय भएको छ । बोर्ड स्रोतका अनुसार बैंठकमा विभिन्न विषयमा छलफल हुने र नयाँ स्टक एक्सचेन्जका विषयमा पनि छलफल हुनेछ । सञ्चालक समितिको बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रियाको विषयमा छलफल हुने बताइएको छ ।
लामो समयदेखि चर्चामा रहेको यस विषयमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने जानकारी बोर्ड स्रोतले बाणिज्यपोष्टलाई दिएको छ । सरकारले नयाँ स्टक एक्सचेन्जका विषयमा अध्ययन गर्न गठित समितिले नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गर्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सकिने उल्लेख गर्दै प्रतिवेदन बुझाइसकेको छ । अर्थमन्त्रालयले प्रक्रिया अघि बढाउँन यसअघि नै बोर्डलाई पत्र पठाइसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !