काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार कात्तिक २० गते साँझ ५ः०७ बजेसम्म ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए ,।
कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !