काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०. ४१ अङ्कले घटेर २६४३.९३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.३९ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेको पाँच उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक बढ्ने उपसमूहमा लघुबित्त उपसमूहको परिसूचक रह्यो जसको परिसूचक ० . ७५ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ४.७६ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९४ हजार ८ सय १३ पटकको कारोबारमा नौ अर्ब १२ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा ११६ कम्पनीका शेयर बढेका छन् भने १२१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
आइतबार सर्वाधिक बढ्नेमा उपकार लघुवित्त र माथिल्लो मैलुंग खोला जलविद्युत रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा दोल्ती पावर, जानकी फाइनान्स, बोटलर्स नेपाल बालाजु र एनआइसी एसिया डिबेन्चर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा सप्तकोशी विकास बैंक कम्पनी रह्यो जसको ३९ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर रह्यो जसको चार लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !