काठमाडौ । बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ । मंगलबार १ लाख ६८ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस अघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ २ हजार १५ रुपैयाँ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !