काठमाडौ । सरहकारी ठगी प्रकरणमा लामो समयदेखि विभिन्न ठाउँबाट मुद्दा खेपेका रवि लामिछाले विरुद्ध सुप्रिम सहकारी ठगीको आरोपमा अर्को मुद्दा दर्ता भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा विसहित ४२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। अनुसन्धानका क्रममा लामिछानेको नाममा गएको २ करोड रुपैयाँको भौचर समेत बरामद भएको छ । लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। पोखरामा लामिछाने माथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !