काठमाडौं। आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको शिगात्से नजिकैको दिङ्ग्ये काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ५३ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । तर सिजिटिएनले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ ।
शिगात्सेलाई तिब्बतको सबैभन्दा पवित्र सहर मानिन्छ। यो पञ्चेन लामाको परम्परागत बस्ने स्थान हो। पञ्चेन लामा तिब्बती बौद्ध धर्मावलम्बीको एक प्रमुख धार्मिक व्यक्तित्व हुन् जसलाई दलाई लामा पछिको ठूलो गुरु मानिन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !