काठमाडौं । ६३ दिनदेखि काम ठप्प भएको अरुण तेस्रो जलविद्युत आयोजनाको समस्या समाधान गर्न छुट मुआब्जास्वरुप ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । आफूहरुले मुआब्जा स्वरुप पाउनुपर्ने रकम नपाएको भन्दै स्थानीयबासीले विद्युत् गृहस्थल र प्रवेशमार्गमा अवरोध गर्दा विदेशी लगानीमा निर्माण भइरहेको ९ सय मेगावाटको आयोजनाको काम ठप्प हुन पुगेको छ ।
स्थानीय जनताको मागबमोजिम मुआब्जा बापतको ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ निकासा गर्ने निर्णय भएको बताइएको छ । सरकारले रकम निकासा गरेर जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा राखिदिने छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !