काठमाडौँ । नेपालमा मंगलबार आज शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान बिहान ६बजेर ५० मिनेटमा गएको भूकम्पको झट्काका कारण राजधानी काठमाडौँ लगायत देशैधरी महसुश गरिएको छ । उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाका अनुसार ७ दशमलव १ रेक्टरको भूकम्प चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको हो । यद्यपि यसको झट्का नेपाल बंगलादेश,भुटान सम्म महसुश गरिएको अन्तर्राष्टिय सञ्चार माध्यमले बताएका छन् । नेपालको काठमाडौँ,सिन्धुपाल्चोक,नुवाकोट चितवन देखि पर्सा, वीरगञ्ज,महोत्तरी, सर्लाही,सोलुखुमबुसम्म भूकम्प महसुश भएको पाइएको छ । त्यसैगरी भारतमा भूकम्पको धक्का दिल्लीदेखि आसामसम्म महु्श गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । काठमाडौँमा ठूलो झट्का महसुश गरेका सर्वसाधारणहरु बिहान त्रसित बन्दै घरबाट बाहिर निस्किएका थिए । कतिपय भूकम्प पूनरावृत्ति हुन सक्ने अर्थात फेरी आउन सक्ने भन्दै अझै पनि सचेत बनेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !