फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को फुलवारी स्वास्थ्य चौकीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । धनगढी उपमहानगरपालिका,कैलाली र सुस्वास्थ्य हस्पिटल काठमाडौंको सहकार्यमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
निःशुल्क स्वास्थ्य शिविर यहि मंसिर २३,२४ र २५ गते विहान १० बजेदेखि ४ बजेसम्म संचालन हुने उपमहानगरपालिकाले जानकारी दिएको छ । शिविरमा कम्मरको दुखाई,गर्धनको दुखाइ,हड्डी खिइएको,नसा च्यापिएको,बाथ,पिनास र माइ ग्रेन भएका बिरामीको निःशुल्क उपचार गरिने उल्लेख गरिएको छ ।
३ दिने निःशुल्क स्वास्थ्य शिविरमा प्राकृतिक चिकित्सा,अकुपञ्चर,फिजियोथेरापी र परामर्श सेवा दिइने बताइएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !