काठमाडौ । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केहीले लाभांश साधारणसभाबाट पारित गराइसकेका छन भने केहीको परित हुनेक्रममा छ । बाणिज्य बैंकहरुको लाभांश दिने क्षमता घटेको छ ।
यस पटक सबैभन्दा बढी लाभांश स्ट्याण्डर्ड चार्टड बैंकले दिने भएको छ । यसले नगद र बोनस सेयर गरी साढे २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । स्ट्याण्र्डडले यसअघि १९ प्रतिशत नगद लाभांश दिएको थियो । यसआधारमा अघिल्लो वर्षभन्दा गत वर्षको नाफाबाट दिने लाभांश भने बढी रहेको छ ।वाणिज्य बैंकहरुमा सबैभन्दा महंगो सेयर मूल्य भएको स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश पनि आकर्षक नै देखिन्छ । दोस्रो बजारमा यसको सेयर मूल्य ६६८ रुपैयाँ छ ।
यद्यपि अन्य बैंकहरुको लाभांश क्षमता भने घटेको छ । हिमालयन बैंक, एनएमबी बैंक र माछापुछ्रे बैंकले आफ्ना सेयरधनीको हात खाली बनाएका छन् । यता अघिल्लो वर्ष लाभांश नदिएको कृषि विकास बैंकले यसपटक १० प्रतिशत लाभांश दिदैछ । अघिल्लो वर्ष साढे २० प्रतिशत लाभांश दिएको एभरेष्ट बैंकले यसपटक साढे १५ प्रतिशत लाभांश दिदैछ । सिटिजन्सको ५ प्रतिशतभन्दा कम लाभांश रहेको छ । नेपाल एसबिआइ बैंकले गत वर्षकै हाराहारीमा लाभांश दिनेछ ।
बैंकको व्यवसायमा आएको सुस्तताका कारण उनीहरुको लाभांश दिने क्षमता घटेको बैकर्स बताउँछन् । बैंकको रिकभरीमा अझै पनि समस्या छ भने कर्जा प्रवाह हुन सकेको छैन । राम्रै नाफा कमाएको नबिलको लाभांश पनि १० प्रतिशत छ । नबिल र ग्लोबल आइएमइ बैंक नाफाका आधारमा अग्रस्थानमा रहदै आएका बैंक हुन् । नबिल बैंकको दोस्रो बजारमा सेयर मूल्य ५ सय रुपैयाँ छ भने ग्लोबल आइएमइ बैंकको २२३ रुपैयाँ छ ।
कुन बैंकको लाभांश कति ?
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !