काठमाडौ । सर्वोत्तम सिमेन्टले आफ्ना सेयरधनीलाई दिने लाभांश यसपटक घटेको छ । सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष सेयरधनीलाई १५ प्रतिशत लाभांश दिएको थियो । यो सबै नगद लाभांश थियो । कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा ७६० रुपैयाँ प्रतिकित सेयर मूल्य रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वोत्तम सिमेन्टले २ करोड २५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा (वार्षिक) ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !