काठमाडौ । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । हिमालयनले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको यसैअवधिको भन्दा ३१.२२ प्रतिशतले कम हो ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०९ पैसाले घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ । दोस्रो बजारमा हिमालयन बैंकको सेयर मूल्य साढे २ सय रुपैयाँभन्दा कम छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !