काठमाडौँ। लगातार केहि दिनदेखि घटिरहेको शेयर बजार बुधबार भने ठूलो अंकले बढेको छ । आज नेप्से परिसूचक ४५.८८ विन्दुले बढेर २७१५.७१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.७१ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १२ उपसमूहका परिसूचक बढेका छन् भने बाँकी एक उपसमूहका परिसूचक घटेको छ । बुधबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ३.४३ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन एक मात्र घट्ने उपसमूहमा म्युचुवल फण्ड उपसमूहमा रह्यो जसको परिसूचक ०. ३४ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ४१ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ५६ हजार तीन सय ५० पटकको कारोबारमा पाँच अर्ब ५ करोड बराबरको किनबेच भएको छ । जसमा २११ कम्पनीका शेयर बढेका छन् भने २९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी तीन कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा न्यादि हाइड्रोपावर रह्यो जसको शेयर ९.९७ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा खानी खोला हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ९.९९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको ३६ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा आरएमएफ-२ रह्यो जसको चार लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !