काठमाडौँ । जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलगायतले बिदाइ गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली हिमालयन एयरलाइन्सको विशेष चार्टर विमानबाट अपराह्न ११ बजे चीन प्रस्थान गरेको हो ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवडालगायत अन्य सरकारी प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
चिनिया समकक्षीको निमन्त्रणामा चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली मङ्सिर २० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !