काठमाडौ । बुधबार सुनको भाउ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज यहि मूल्यमा रहेर कारोबार हुनेछ । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ८ सय २० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३९.८ र चाँदी प्रतिऔंस ३०.४९ डलरमा कारोबार भइरहेको छ । सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि २ दिनमै सुनको भाउ १८ हजार ५०० रुपैयाँले घटेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !