नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ शुरु भएको छ । अन्तर्राष्ट्रीय सहकारी महासंघ (आईसीए) को आयोजनामा आइतबारबाट सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेको यस कार्यक्रममा भारतका सहकारीमन्त्री अमित शाह, भुटानी प्रधानमन्त्री तोग्बे लगायत संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीको उपस्थिति रहेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा गरेका छन् । वर्ष २०२५ को थिम ‘कोअपरेटिभ्स बिल्ड अ बेटर वर्ल्ड’ रहेको छ । सम्मेलनमा नेपालबाट राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेल, बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सञ्चालक शोभकुमारी राउत, राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सचिव डा खगराज शर्मा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक अमृता सुब्बाको सहभागिता रहेको छ । नोभेम्बर ३० सम्म चल्ने सम्मेलनको दौरानमा सुन्दर विश्व बनाउन सहकारीले खेल्ने भूमिकाबारे चर्चा हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !