काठमाडौं। नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। चाटर्ड एकाउन्टेन्ट साह १५ वर्षदेखि निगमको अर्थ विभागमा कार्यरत छन्।
निगम मंसिर २६ देखि कार्यकारी निर्देशकबिहीन छ। यसअघिका निर्देशक उमेशप्रसाद थानीले कार्यकाल सकिनु १५ महिनाअघि नै राजीनामा दिएपछि निगम नेतृत्वबिहीन बन्न पुगेको हो।
‘हाललाई उक्त पदमा साहलाई निमित्तको जिम्मेवारी दिइएको हो । नयाँ कार्यकारी निर्देशकका लागि भने खुला आवेदन मागिने निगमले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !