काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा १५ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर २० करोड ५४ लाख पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा ७ रुपैयाँ ७० पैसाबाट बढेर १० रुपैयाँ १ पैसा पुगेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब १० अर्ब भन्दा बढी रहेको छ । चुक्ता पूँजी ८ अर्ब २० करोड रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख र महाविपत्ती कोषमा १ अर्ब ११ करोड भन्दा बढी सञ्चिती गरेको छ ।
कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १४ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको जम्मा आम्दानी १५ अर्ब ७२ करोड रहेकोमा चालू आवमा १७ अर्ब ९७ करोड पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !