काठमाडौं । अन्याय गरेको भन्दै कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल ठूला करदाता कार्यालयविरुद्ध आन्तरिक राजश्व विभाग पुगेको छ । बोटलर्सले राजश्व विभागको मुद्दा शाखामा ठूला करदाता कार्यालयको निर्णयविरुद्ध पुनरावलोकनको लागि निवेदन दिएको हो।
ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको थियो ।
कम्पनीको मुद्दाउपर विभागका महानिर्देशकले निर्णय गर्ने र कम्पनीले कर तिर्न पर्ने वा नपर्ने विषयमा विचार गर्नसक्ने बताइएको छ । सो मुद्दामा विभागले प्रक्रिया समेत अघि बढाइसकेको छ । विभागको निर्णयमा चित्त नबुझे कम्पनी राजश्व न्यायाधीकरणमा पुनरावलोकनमा जानसक्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !