काठमाडौ । मंगलबार सेयर बजारमा ब्यापक उतारचढाव देखिएको छ । कहिले रातो र कहिले हरियो हुँदै अन्तत बजार रातोमा रोकिएको छ । इन्डेक्स २७८८.२७ विन्दुसम्म पुगेको थियो तर बजार बन्द हुनेबेलासम्म इन्डेक्स २७४३.१६ विन्दुमा झरेर अडियो । यस दिन ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन सोमबार ११ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
३१२ वटा कम्पनी सामेल भएको आजको कारोबारमा दुई वटा कम्पनी भने मालामाल भएका छन् । गुराँस लघुवित्त वित्तिय संस्था र मेनछियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । २ दिन लगातार बढेपछि मंगलबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक ११.२४ विन्दुले घटेको हो । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् । २९ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा छ । यसैगरी, दोस्रोमा बेस्ट फाइनान्स र तेस्रो स्थानमा आँखुखोला जलुवित्त परेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !