काठमाडौ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्य लगातार उकाो लागिरहेको छ । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि आइतबार कात्तिक ४ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँदै लैजाने रणनीति लिएका कारण पनि सुनको माग बढेको विश्लेषकहरुको भनाई छ । मध्यपूर्वी युद्ध र अमेरिकी राष्ट्रपति पदको चुनाव तथा त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरणका कारण पनि लगानीकर्ता सुनमा आकर्षित भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सुनको माग बढेपनि मूल्य आकाशिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !