काठमाडौँ । बुधबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनमा ५० भन्दा बढी अंकले घटेर बन्द भएको नेप्से, बुधबार भने ४९ दशमलव १८ अंकले बढेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक ४९. १८ अंक बढेर २५१९ .५७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७।९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत घटेको हो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !