काठमाडौं । ‘नाडा अटो शो २०२४’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । १६ औँ संस्करणको अटो शो मंगलबार ११ गतेदेखि १७ गतेसम्म चल्ने छ । विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहेका छन् ।
अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शनरत छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू छन् । शोमा टाटा, महिन्द्रा, हुण्डाई, सुजुकी, बीवाईडी, एमजी, किया, बीएमडब्ल्यूजस्ता पुराना स्थापितदेखि डिपल, अवतार, भिनफास्ट, काइवी, जिकर, लुमिन, लिपमोटर, स्काईवेल, रिडारा, आयोन, सिट्रोन, एक्स–पेङ, ओमोडा, भोल्ट्स लगायत ब्राण्डका सवारी साधन समावेश छन् । त्यस्तै यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको बर्चस्व दमदार देखिएको छ ।
नाडाले अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा लिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !