काठमाडौँ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । नवनियुक्त सीईओ रेग्मीले आइतबार पदभार ग्रहण गरेको बैंकले जानकारी दिएको छ ।
पदभार ग्रहणअघि सीईओ रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथग्रहण गरे । नवनियुक्त सीईओ रेग्मीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी ०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।
उनीसँग बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेको अनुभव छ । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र बेलायतको युनिभर्सिटी अफ वेल्सबाट बिजनेस एडमिनिस्ट्रेसनबाट स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !