बाँके । बाँकेको नेपालगन्जबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको मिनि बसको अगाडिको पट्टा भाँचिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा परी बाँकेको जानकी गाउँपालिका वडा न. ६ गनापुरमा पैदल यात्रुलाई ठक्कर दिँदा बर्ष ६५की कालवती भाट को मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
मृतकको शवलाई नेपालगन्ज नर्सिङ होममा राखिएको प्रहरीले जनाएको छ। मृतक महिलाका आफन्तहरुले बसले ठक्कर दिएपछि ब्याक गरेर मारेको भनि दुर्घटना स्थलमा अहिले विरोध गरिरहेका छन् । बस चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको बाँके प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !