काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाका सफाइ कर्मचारी पक्राउ विरद्ध चेतावनीपूर्ण भाषा प्रयोग गरेपछि ती कर्मचारीहरुलाई रिहा गरिएको छ ।
सोमबा्र अपरान्ह प्रहरीले महानगरको फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरेको थियो । चालक पक्राउ परेलगत्तै मेयर साहले एक स्टाटस लेख्दै भ्रष्टलाई समाउन नसक्ने सरकारले रिरिह चालक समातेको र चालक रिहा नभएसम्म सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठ्ने भन्दै चेतावनीपूर्ण भाषा प्र्रयोग गरेका थिए । त्यसको केही समयपछि ती चालकहरु रिहा भएका छन् ।
चालकहरु छुटे लगत्तै मेयर साहले सामाजिक सञ्जालमा अर्को स्टाटस लेख्दै यसो भनेका छन् -‘फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर सुनपदमा तलमाथि होला, भूमिकामा तलमाथि होला तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन, बुझेर कदम चाल्नुहोला ।’लेखेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !