काठमाडौं । विशाल ग्रुप लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता, पारिश्रमिक, आवास, सुविधा लगाएतका अन्य सुविधाहरू अनुमोदन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । घरबाहल सम्झौता अनुमोदन गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम तय भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !