काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् ।
भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सिसी क्यामेरामा उनीरुले भेटी लुकाएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका सबैलाई छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी हुन् । प्रारम्भिक बयानमा परियारले कोषकै केही पदाधिकारीको निर्देशनमा चोरी गरेको बताएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !