काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले डोलराज ढुङ्गानाको नाममा रहेको १५ हजार कित्ता र माया बस्नेत केसीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थाक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूबाट यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !